बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई


१ असार २०७९, बुधबार


काठमाडौँ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एक जना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको उनले जानकारी दिए । ‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन,’ उनले भने, ‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्‍याएर छोडेका छौँ ।’

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ ।

पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस