२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट मतदाता नामावली सङ्कलन सुरु

अ+ अ-

 काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य आजबाट सुरु गर्दै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली सङ्कलन कार्य सुरु हुने जानकारी दिए ।  ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्य सुरु हुन्छ,’ प्रवक्ता पौडेलले भने ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । यद्यपि सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्दियामा आयोजित एक कार्यक्रममा आगामी मंसिरमा चुनाव हुने बताएका थिए ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।

विभिन्न पेसा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रूपमा बसोबास गरेकाहरूले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरूले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाटै गर्नुपर्ने छ ।

आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटि भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

यसैगरी मतदाता नामावली अद्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरूबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस