अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने दाबी गरेका छन् ।

आफूहरूले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीका दफाहरू र घटनाक्रमले पनि त्यतै संकेत गरेको उनको भनाइ छ ।

यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने उनको माग थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस