मङ्सिर पहिलो सातामा एकै चरणमा गर्ने गरी चुनावको तयारी भइरहेको छ : निर्वाचन आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मङ्सिर पहिलो सातामा एकै चरणमा गर्ने गरी चुनावको तयारी भइरहेको छ : निर्वाचन आयोग


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आसन्न मङ्सिर पहिलो हप्तामा गर्दा उपयुक्त हुने बताएको छ । आयोगले सोहीअनुसार तयारी गरिरहेको बताएको हो ।

आयोगले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै सरकारलाई पनि मङ्सिर पहिलो हप्ताभित्र एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले परामर्श दिने तयारी गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगले आन्तरिक र अनौपचारिक छलफलमा एकै चरणमा निर्वाचन हुनुपर्छ भन्ने छ । मङ्सिरको पहिलो हप्तामा निर्वाचन गर्ने गरी तयारी छ,’ उनले भने, ‘आयोगको परामर्शमा सरकारले निर्णय गर्ने भएकाले यसैअनुसार मिति तय गर्ने गरी सल्लाह दिन्छौँ ।’ उनले असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने कार्य सुरु गरिनेसमेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस