१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ


३१ जेष्ठ २०७९, मंगलबार


पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा नं.२ को सानोदमकस्थित जङ्गलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।

पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्राऊ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस