सगरमाथामा पुटिनविरुद्ध झन्डा प्रदर्शन गर्न दिइएकोमा बास्कोटाको आपत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सगरमाथामा पुटिनविरुद्ध झन्डा प्रदर्शन गर्न दिइएकोमा बास्कोटाको आपत्ति


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । एक रुसी पर्वतारोहीले सगरमाथा शिखरमा रुस-युक्रेन युद्धको विरोधमा गरेको झन्डा प्रदर्शनलाई लिएर पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाएका छन् ।

युक्रेनमाथि रुसी हमला गलत भए पनि नेपाली भूमिमा पुटिनविरुद्ध प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत भएको उनको टिप्पणी छ ।

बास्कोटाले ट्विट गर्दै भनेका छन्, ‘कुनै शक्ति राष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउन्ड बनाउन पाउँदैन । सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथि छ ।’

रसियन पर्वतारोही तथा ब्लगर कात्या लिप्काले सगरमाथाको टुप्पोमा भ्लादिमिर पुटिनको युक्रेनविरुद्ध छेडेको युद्ध रोक्न सन्देश दिँदै युक्रेनको झन्डा प्रदर्शन गरेकी थिइन् । उक्त तस्बिर उनले गत शुक्रबार इन्स्टाग्राममा राखेपछि विश्वव्यापी चर्चा भइरहेको छ । लिप्काले गत २४ मेमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस