काठमाडौँ । एक रुसी पर्वतारोहीले सगरमाथा शिखरमा रुस-युक्रेन युद्धको विरोधमा गरेको झन्डा प्रदर्शनलाई लिएर पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाएका छन् ।
युक्रेनमाथि रुसी हमला गलत भए पनि नेपाली भूमिमा पुटिनविरुद्ध प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत भएको उनको टिप्पणी छ ।
बास्कोटाले ट्विट गर्दै भनेका छन्, ‘कुनै शक्ति राष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउन्ड बनाउन पाउँदैन । सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथि छ ।’
युक्रेनमाथि रुसी हमला गलत हो।तर रुसी राष्ट्रपति पुटिनका विरुद्द सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत हो।कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउदैन।सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथी छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 14, 2022
रसियन पर्वतारोही तथा ब्लगर कात्या लिप्काले सगरमाथाको टुप्पोमा भ्लादिमिर पुटिनको युक्रेनविरुद्ध छेडेको युद्ध रोक्न सन्देश दिँदै युक्रेनको झन्डा प्रदर्शन गरेकी थिइन् । उक्त तस्बिर उनले गत शुक्रबार इन्स्टाग्राममा राखेपछि विश्वव्यापी चर्चा भइरहेको छ । लिप्काले गत २४ मेमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
