सरकारको १५ अर्ब ७३ करोड ब्याज अनुदानमै सकियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारको १५ अर्ब ७३ करोड ब्याज अनुदानमै सकियो


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । व्यावसायिक कृषि, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार लगायत १० प्रकारका सहुलियत कर्जामा ब्याज अनुदान बापत सरकारले १५ अर्ब ७३ करोड रुपैयाँ खर्चिएको छ । यो ब्याज अनुदानका लागि गत वैशाखसम्म सरकारले तिरेको रकम हो ।

हाल सरकारले १० प्रकारका कर्जामा ब्याज अनुदान दिँदै आएको छ । जसअनुसार महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जामा ५ प्रतिशतका दरले सरकारले ब्याज अनुदान दिने गर्दछ ।

उल्लिखित कर्जामध्ये कृषि कर्जा २०७३ देखि र बाँकी ९ प्रकारका कर्जा २०७५ साल देखि सुरु गरिएको हो ।

गत वैशाखसम्म १ लाख ४६ हजार ३ सय ८२ जना ऋणीका लागि २ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यसमध्ये २ खर्ब १६ अर्ब ३३ करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस