घर पुर्‍याइदिने बाहानामा दरबारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घर पुर्‍याइदिने बाहानामा दरबारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार


३१ जेष्ठ २०७९, मंगलबार


जबर्जस्ती करणी

काठमाडौँ । आइतबार बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, ‘ममाथि तीन जनाले बलात्कार गरे ।’

महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरूले तत्काल काठमाडौँ प्रहरी परिसर, टेकु र बौद्धका डिएसपी ढुण्डिराज न्यौपानेलाई जानकारी गराए ।

युवतीका अनुसार उनीमाथि बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । फोन आए लगत्तै प्रहरी घटना भएको भनिएको बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलामा पुग्दा उनले भनेका युवा थिएनन् । २४ वर्षीया पीडित युवती चाहिँ विक्षिप्त अवस्थामा बसिरहेकी थिइन् ।

प्रहरीले लगत्तै होटेलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई बोलाएर सोधपुछ गर्‍यो । युवतीले आफूमाथि बलात्कार भएको बताए पनि उनले एक जनालाई भाग्न दिएको खुल्यो ।

लगत्तै उनको बयान र होटेलमा भएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमार्फत प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । पीडितलाई थापाथलीस्थित प्रसूति गृहमा लगेर स्वास्थ्य परीक्षण गरायो ।

प्रहरीले घटना भएको १६ घण्टाभित्रमा घटनामा संलग्न रहेको आरोपमा काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची–२ घर भई बौद्ध बस्ने २२ वर्षीय रिञ्जेन शेर्पा र सर्लाहीको बागमती नगरपालिका–४ घर भई बौद्ध बस्ने ३४ वर्षीया उत्तम लामालाई पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस