अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन : शिक्षामन्त्री पौडेल


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाल कुनै पनि विश्वविद्यालयमा तालाबन्दी नरहेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा त्रिभुवन विश्वविद्यालय लगायतमा लगाइएका ताला खोलिएको बताए ।

त्रिविलगायत विश्वविद्यालयमा लगाइएका तालाबन्दी खोलिएको मन्त्री पौडेलको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयमा माघ ७ गते लगाइएको ताला खुलाइएको र त्यसका लागि आफूले पटकपटक छलफल गरेको उनको भनाइ थियो । उक्त ताला हाल खुलिसकेको उनले जानकारी दिए ।

मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी गरेर माग र दबाब नराख्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस