२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० करोड ठगी मुद्दामा लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ

अ+ अ-

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले आरोपित लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ दिएको छ । न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको दाबी गरिएको थियो ।

सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा माग दावी गरिएको थियो ।

त्यस्तै प्रतिवादीहरू रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, लवराज भट्टराईबाट ६ करोड ३४ लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने माग दाबी थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैं दाबी नपुग्ने ठहर गरेको हो ।

कलेजका प्राचार्य डा‍. हरिकृष्ण श्रेष्ठको जाहेरीका आधारमा २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा सो मुद्दा दर्ता भएको थियो ।

नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष लम्बोदरकुमार न्यौपानेसहित ७ जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ करोड ८८ लाख २५ हजार पाँच सय १० रुपैयाँ जरिवाना र दुईदेखि १० वर्षसम्म जरिवानासहित विशेष अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो ।

सम्बन्धित समाचार : लम्बोदर न्यौपानेसहित ७ जना विरुद्ध मुद्दा दायर

ठगी मुद्दामा पक्राउ परेका न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो ।

सम्बन्धित समाचार : लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश

उनि २०७७ मङ्सिरमा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

कलेजले गरेको करोडौं रुपैयाँको खर्च अनियमित भनेर लेखा परीक्षण प्रतिवेदनमा देखिएपछि कलेजनको नेतृत्व सम्हालिरहेका न्यौपानेको समूहले ठगी गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस