नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानेलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआइजी सहकुल थापाले इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा न्यौपानेलाई पक्राउ गरिएको बताए ।

न्यौपाने विरुद्ध सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागमा पनि उजुरी छ । उनी विरुद्धको अर्को मुद्दा अदालतमा विचाराधीन छ । ठगीकै आरोपमा सीआईबीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ साल असार १८ गतेदेखि २०५७ साल मङ्सिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रूपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मङ्सिर २३ गतेदेखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रूपमा कार्यरत थिए ।

इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा नेपाली काँग्रेसका पूर्व सांसद सूर्यबहादुर केसी,जावलाखेलका रामरत्न उपाध्याय,विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन् ।

कलेजमा उनीहरू विरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस