असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुन्छ : प्रमुख आयुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुन्छ : प्रमुख आयुक्त


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनमा एउटा मात्र पदमा उम्मेदवारी दिने दलको उम्मेदवार महिला हुनुपर्ने गरी कानून बनाउने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आयोगले बनाएको नयाँ कानुनको मस्यौदामा एक पदमा मात्र उम्मेदवारी दिए महिला नै हुनुपर्ने व्यवस्था राख्ने बताएका हुन् ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरुले आपसमा तालमेल गरी प्रमुख वा उपप्रमुख पदमध्ये एउटामा मात्र उम्मेदवारी दिएका थिए । त्यसरी उम्मेदवारी दिँदा दुबै पुरुष निर्वाचित भएको र महिला प्रतिनिधित्व कम भएको प्रश्न उठेको थियो ।

प्रमुख आयुक्त थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने बताएका छन् । सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली दर्ता गर्न सकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस