असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् ।

नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् ।

उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको र सम्भावनाको कुरा मात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस