काठमाडौँ । बाराको महागढीमाई नगरपालिका ८ थलही पुलबाट मोटरसाइकल खस्दा, मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
गम्भीर घाइते भएका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे, मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए।
थापाका अनुसार मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ। बरियापुरबाट लैगडाचोक तर्फ जाँदै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति साढे १० बजे, थलही पुलबाट तल खसेको थियो।