२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईजीपी बढुवा विवादमा लगाउ मुद्दासहितको अन्तिम सुनुवाइ आज हुँदै 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गत वैशाख २२ गते सर्वोच्च अदालतले पोखरेलको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरे पनि जेठ १७ गतेका लागि पेसी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइ तोकेको थियो । तर, त्यसको तीन दिनपछि अवकाश पाइसकेका तीनजना डिआइजीको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनिहरूको मुद्दामा पोखरेलको मुद्दासमेत सँगै राखेर एकै ठाउँमा हेर्ने आदेश गरेको हो ।

अवकाश पाइसकेका डीआईजीले हालेको रिटमा विपक्षी बनाइएकाहरूलाई म्याद तामेल नभएको र उनीहरूको लिखित जवाफसमेत नपरेको भन्दै जेठ १७ लाई पेसी सारिएको थियो । तर, त्यो दिनको आदेशमा जेठ ३० गतेको पेशी सार्न मिल्ने वा नमिल्नेबारे केही उल्लेख छैन ।

गत वैशाख १९ मा अवकाश पाइसकेका डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिटमा पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।

सरकारले सिंहलाई आईजीपी बनाएसँगै पोखरेल बिदामा रहेका छन् । उनको एक महिनाको बिदा स्वीकृत भएर पछिल्लो पटक १० दिन थप्न खोज्दा आईजीपी सिंहले अस्वीकृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस