पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १०५ जना होम आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ६०० पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २०४ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस