लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


२९ जेष्ठ २०७९, आइतबार


बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आज (आइतबार) पारित भएको हो ।

आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

उनीहरुले नीति तथा कार्यक्रम एमालेकै सरकारको नक्कल गरिएको र कुनै नयाँ कार्यक्रम नभएको बताउँदै नीति अनुसार बजेट आउनेमा आशङ्का गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस