सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ


२९ जेष्ठ २०७९, आइतबार


नेपालगन्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस