राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानुनमा हस्ताक्षर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानुनमा हस्ताक्षर


२९ जेष्ठ २०७९, आइतबार


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानुनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ ।

कानुनअनुसार रुसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाइएको इसीएचआर नियमहरू पालना गर्नेछैन ।

साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रुबलमा मात्र बनाइनेछ र रुसी बैङ्कहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ ।

उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस