बालेन साहको दाबी  : काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुन्छ ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालेन साहको दाबी  : काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुन्छ !


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । 

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस