सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ । 

अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ ।

देशको एक मात्रै सरुवा रोग अस्पताल भए पनि कुष्ठरोगीको उपचार नभएकामा जनगुनासो बढेपछि टेकु अस्पतालले सबै प्रकारका सुविधासहित उपचार सुरु गरेको हो ।

एक दशकअघि नै नेपालमा कुष्ठरोगलाई जनस्वास्थ्यको समस्या नभएको घोषणा गरिए पनि १७ जिल्लामा अझै यो रोग देखिएको छ । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिराहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस