चितुवाको आक्रमणबाट ८ वर्षीया बालिका यसरी बाँच्न सफल भइन् ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितुवाको आक्रमणबाट ८ वर्षीया बालिका यसरी बाँच्न सफल भइन् !


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा एक बालिका घाइते भएकी छिन्।

आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ।

चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए।

घाइते बालिकाको अवस्था खतरामुक्त छ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन्। त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको बताइएको छ।

पछिल्लो केही वर्षयता तनहुँका विभिन्न पालिकामा चितुवाको आतङ्क छ।

सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ।

चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस