भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौँडामा २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौँडामा २ जनाको मृत्यु


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । हेटौँडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

भारतबाट ग्यास बोकेर आएको एनएल-०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौँडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ।

घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौँडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस