एक व्यक्ति प्रसारण लाइनमा चढेपछि विद्युत् सेवा अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक व्यक्ति प्रसारण लाइनमा चढेपछि विद्युत् सेवा अवरुद्ध


२८ जेष्ठ २०७९, शनिबार


नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

बेलकोटगढी नगरपालिका–१३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर त्रिशूल ३ ए को प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको हो ।

ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अहिले पनि बिक प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले उनलाई ओराल्न प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस