एमाले नेता तथा पूर्वसांसद भद्रबहादुर थापाको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले नेता तथा पूर्वसांसद भद्रबहादुर थापाको निधन


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता भद्रबहादुर थापाको निधन भएको छ ।

उनी ७० वर्षका थिए । थापाको शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा निधन भएको हो ।

रामपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष तोयानाथ सारुका अनुसार थापा ५र६ वर्षदेखि मुटुको रोगबाट ग्रसित थिए ।

स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए ।

त्यसपछि उनी २०५४ मा पुनस् साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।

२०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ मा नेकपा मालेका उम्मेदवार दलबहादुर रानालाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा थिए ।

थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस