बेपत्ता युवकको शव इनारमा भेटियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेपत्ता युवकको शव इनारमा भेटियो


२८ जेष्ठ २०७९, शनिबार


चन्द्रौटा । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस