भेटियो खोला तर्ने क्रममा बेपत्ता भएका कुखुरे माइलाको शव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भेटियो खोला तर्ने क्रममा बेपत्ता भएका कुखुरे माइलाको शव


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । तनहुँको कुखुरे खोला तर्ने क्रममा बेपत्ता भएका कुखुरे माइलाको नामबाट चिनिने याम बिकको आज बिहान शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका १० कुखुरे खोला बस्ने बिक शुक्रबार बेपत्ता भएका थिए ।

आफ्नै घर जाने क्रममा खोलामा आइरहेको भेलले उनलाई बगाएको थियो । गएराति देखि स्थानीय र प्रहरीको सहायतामा खोजी कार्य जारी राखिएकामा आज बिहान ७ बजे उक्त स्थानदेखि ४ सय मिटर तल ब्राहा खोलाको छेउमा बिक मृत अवस्थामा फेला परेका हुन् ।

५२ वर्षीय बिकको खोलाले बगाएर मृत्यु भएको देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस