विश्व कप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्व कप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्दै


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ ।

नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस