शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई सात अर्ब ९९ करोड कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब आठ करोड रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस