सार्वजनिक यातायातको भाडा बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सार्वजनिक यातायातको भाडा बढ्यो


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।

बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस