नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा


२७ जेष्ठ २०७९, शुक्रबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बुधबार रातिदेखि पहिराका कारण सो सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।

सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस