जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । शुक्रबार फैसला अध्ययन समितिको बैठकले जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशको संयोजकत्वमा रहेको समितिको बैठक न्यायपरिषद कार्यालयमा बसेको थियो ।

स्रोतका अनुसार फैसला अध्ययनका लागि दुईवटा आधार तयार पारिएको छ । जिल्ला र उच्च अदालतका फैसलामध्ये केहीलाई नमुनाका रुपमा अध्ययन गर्ने र राय किताब हेरेर कैफियत जस्तो लागेमा, समाचारको विषय बनेका फैसलालाई प्राथमिकताका साथ अध्ययन गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।

यसरी अध्ययन गर्दा फैसलामा कैफियत देखियो भने सम्बन्धित न्यायाधीश बर्खास्त गर्न समितिले न्यायपरिषदलाई सिफारिस गर्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस