तनहुँको डुम्रेमा सवारी दर्ता, बिमलनगरबाट लाइसेन्स वितरण तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तनहुँको डुम्रेमा सवारी दर्ता, बिमलनगरबाट लाइसेन्स वितरण तयारी


२६ जेष्ठ २०७९, बिहिबार


दमौली । तनहुँको बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ ।

कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको हो । यसअघि सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो ।

यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी गरेको छ ।

लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस