आगलागीमा परी सातको मृत्यु , ४६ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आगलागीमा परी सातको मृत्यु , ४६ जना घाइते


२६ जेष्ठ २०७९, बिहिबार


सोल । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ ।

हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् ।

अन्य दर्जनौँ भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस