गुरुकुललाई दलित आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुरुकुललाई दलित आयोगले सोध्यो स्पष्टीकरण


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय दलित आयोगले दलित समुदायका विद्यार्थीको भर्ना नलिने शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई स्पष्टीकरण सोधेको छ । आयोगले गुरुकुललाई पत्राचार गर्दै घटनाको सत्यतथ्य के हो भनेर जवाफ मागेको हो ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले बर्दियादेखि आएका बालकहरूलाई गुरुकुलले भर्ना नगरी फिर्ता गरेको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि पत्राचार गरेर प्रष्टीकरण माग गरेको बताए ।

‘घटना बाहिर आउने बित्तिकै आयोगको ध्यानाकर्षण भएको छ, आयोगले गुरुकुललाई पत्राचार गरेर स्पष्टीकरण सोधेको छ भने पीडित परिवारसँग समेत सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ का चार जना दलित बालकहरू गुरुकुलमा भर्ना हुने पुगेका थिए । तर, गुरुकुलले बालकहरूलाई एक साँझ राखेपछि सिट नभएको भन्दै फिर्ता पठाइदिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस