प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’ले गर्‍यो आक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’ले गर्‍यो आक्रमण


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।

कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

आक्रमण गर्नेहरु विरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६-७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।

घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । ‘पीडितलाई न्याय र पीडतकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ’ एसपी मैनालीले भने-‘गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’ जिल्ला प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे अनुसन्धान गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस