मेलम्चीमा पानीको बहाव बढेपछि अस्थायी पुलमा क्षति « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मेलम्चीमा पानीको बहाव बढेपछि अस्थायी पुलमा क्षति


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।

यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताएका छन्।

मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरुद्ध भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस