खराब मौसमका कारण दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खराब मौसमका कारण दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।

बुधबार साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौँको मौसम बिग्रिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस