१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, तिङ्करमा एनटिसेट जडान

अ+ अ-

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ ।

चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो ।

सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए ।

यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीको लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो । छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ । छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ ।

सामरिक महत्त्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गराए । ‘स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो’, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, ‘अहिले कार्यालय प्रमुख आएर सञ्चालन गर्नुभएको छ, छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदै छ, सोलार ब्याट्री अपुग भएका कारण केही समय लाग्ने छ ।’

तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ । अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए । यसअघि यहाँका नागरिकले फोन सेवाबाट वञ्चित हुनुपरेको थियो ।

छाङ्गरुमा फोन लागे पनि तिङ्करमा फोन लाग्दैन थियो । टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङ्गरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ ।

ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ । सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस