गृहमन्त्री खाँड र प्रकाण्डबीच भेट, बन्दी रिहाइ गर्न माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री खाँड र प्रकाण्डबीच भेट, बन्दी रिहाइ गर्न माग


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाँड र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका सहसचिव फणिन्द्र्मणी पोख्रेलपनि सहभागी थिए ।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरूको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूलाई नियमित भेट्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस