२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

अ+ अ-

कञ्चनपुर । पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो ।

तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको थियो । उपचारका क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ । प्रहरी नायब उपरीक्षक शाहका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको छ ।

मृत्युको कारण भने खुल्न सकेको छैन । युवकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले उक्त हुलिया भएको व्यक्तिलाई कसैले आ–आफ्नो वडा एरियामा देख्नु वा चिन्नुभएको छ भने मृतकको घरपरिवार वा प्रहरी कन्ट्रोल १०० मा खबर गरिदिनसमेत अनुरोध गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस