४५ अङ्कले घट्यो नेप्से, १ अर्ब ३१ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

४५ अङ्कले घट्यो नेप्से, १ अर्ब ३१ करोड रुपैयाँको कारोबार


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ४५.५९ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २०२० अङ्कमा झरेको छ । १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् ।

बैङ्किङ ३८, विकास बैङ्क ८८, फाइनान्स ३७, होटल तथा पर्यटन ४६, जलविद्युत् ४७, जीवन बीमा ८७, उत्पादन १३७, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १३९, अन्य ३१ र व्यापार उपसमूह ३० अङ्क घटे । १८१ कम्पनीको मूल्य घट्दा १५ को बढ्यो ।

उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन बैङ्कको मूल्य आज पनि १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैङ्क, कुमारी बैङ्क, हिमालयन डिस्टिलरी, शिवं सिमेन्ट, नबिल बैङ्क क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस