बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिँदै


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

फोहोर विसर्जनका लागि काठमाडौँबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

धुनिबेंसी नगरपालिका-१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस