राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेस


२४ जेष्ठ २०७९, मंगलबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७/७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस