दोलखा भीमेश्वर नगरपालिकाको जङ्गलमा पुरुष मृतावस्थामा फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोलखा भीमेश्वर नगरपालिकाको जङ्गलमा पुरुष मृतावस्थामा फेला


२४ जेष्ठ २०७९, मंगलबार


चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका-२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो ।

मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव आज बिहान नजिकैको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस