२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका एक लाख ७६ हजारले पाए कोरोनाविरुद्ध पूर्ण खोप

अ+ अ-

बैतडी । बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार ४७ ले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् ।

कोरोनाविरुद्ध खोप पाउनेमा १२ वर्षमाथिका रहेका कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार जिल्लाभरी ४१ हजार ९९५ ले ‘बुस्टर डोज’ लगाएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले पूर्ण खोप लगाएका हुन् । यस नगरमा दुई हजार ८१६ ले बुस्टर डोज लगाएका छन् ।

पाटन नगरमा २० हजार ४८८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८३३ ले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार २०२ ले बुस्टर डोज लगाएका छन् ।

यसैगरी पुर्चौंडी नगरमा २३ हजार १०६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३३४ ले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा सात हजार ४६२ ले बुस्टर डोज लगाएका छन् ।

यस्तै मेलौली नगरमा १३ हजार ९९० ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९७४ ले पूर्ण खोप लगाएका छन् । मेलौलीमा एक हजार ३३ ले बुस्टर डोज लगाएका हुन् ।

जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८६९ ले खोपको पूर्ण मात्रा लगाएका छन् । डिलाशैनीमा चार हजार २४२ ले बुस्टर डोज लगाएका छन् ।

त्यसैगरि दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९४२ ले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा छ हजार ८९५ ले बुस्टर डोज लगाएका छन् ।

जिल्लाको सूर्नया गाउँपालिकामा १० हजार १६४ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले खोपको पूर्ण मात्रा पाएका छन् । सूर्नयामा दुई हजार १३३ ले बुस्टर डोज लगाएका छन् ।

त्यस्तै पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १७६ ले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २१९ ले बुस्टर डोज लगाएका छन् ।

शिवनाथ गाउँपालिकामा भने सात हजार ११३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७३३ ले पूर्ण खोप लगाएका छन् । शिवनाथमा एक हजार ९९३ जनाले बुस्टर डोज लगाएका छन् ।

यसैगरि सिगास गाउँपालिकामा नौ हजार ३३२ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ ले पूर्ण खोप पाएका छन् ।

जिल्लामा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस