काठमाडौँको फोहोर बन्चरेडाँडामा फाल्न स्थानीयले रोके, पुरानै सम्झौता कार्यान्वयनको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँको फोहोर बन्चरेडाँडामा फाल्न स्थानीयले रोके, पुरानै सम्झौता कार्यान्वयनको माग


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौँको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । स्थानीय श्रीराम ढुङ्गानाका अनुसार सोमबार बेलुका काठमाडौँमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् ।

यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरूले गरेका छन् ।

“हिजोको सम्झौता स्थानीयले मानेनन्,” उनले भने, “काठमाडौँबाट आएका गाडीलाई रोक लगाइएको छ । पुरानै सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयको माग रहेको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस