प्रहरी इतिहासमा पहिलो पटक प्रशासनतर्फ महिला एआइजी बनेकी सिंहको प्रतिक्रिया यस्तो छ ! « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रहरी इतिहासमा पहिलो पटक प्रशासनतर्फ महिला एआइजी बनेकी सिंहको प्रतिक्रिया यस्तो छ !


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् ।

यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् ।

०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् ।

विशिष्ट श्रेणीमा पुग्न आफ्नो र सङ्गठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ । ‘सरकार र सङ्गठनले मूल्याङ्कन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस