दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै


२३ जेष्ठ २०७९, सोमबार


सोल । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या प्रतिदिन घटेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ हजार २२ जनामा यो सङ्क्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन ९ हजार भन्दा केही बढी देखिएका सङ्क्रमितहरू सोमबार गएको २४ घण्टायता घटेका हुन् । यहाँ त्यो भन्दा अघिल्लो दिन अर्थात् शनिबारमा मात्र पनि कम्तीमा १२ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।

यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस